राष्ट्रपतिमा हाम्रो दाबी छ : प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताएका हुन्।

उनले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताए। उनले नेपालले संविधान निर्माणमा खेलेको भूमिका, देशको निम्ति गरेको योगदानका कारण उनको चर्चा हुनु स्वाभाविक भएको बताए।

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरू भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *