राष्ट्रपतिमा एमाले उम्मेदवारको जित हुन्छ : विष्णु पौडेल

उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन्।

उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए। सत्तारूढ गठबन्धनमा भएको भागबण्डाको सहमति कार्यान्वयन हुने उनले बताए।

त्यस्तै एमाले सचिव गोकर्ण विष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताए। उनले सत्तारूढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *