नारायणकाजी भन्छन्- कांग्रेससहितको गठबन्धन ब्युँताउने विषय टुंगोमा पुगेको छैन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताउने विषय टुंगोमा पुगिनसकेको बताएका छन्।

माओवादी केन्दका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरूसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न बाँकी रहेको बताएका हुन्।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरूसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिए।

यसैबीच कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपराह्न ५ बजे बैठक बस्दै छ। राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागेको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *