कांग्रेसले विशेष विधेयकको छलफलअघि सांसदलाई विषयविज्ञबाट परामर्श दिने

नेपाली कांग्रेसले संसद्मा प्रस्तुत हुने विशेष विधेयकहरूमा छलफल गर्नुअघि आफ्ना सांसदहरूलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ ।

शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसद्मा बोल्न सांसदहरूलाई तयारी स्वरूप विषय विज्ञ बोलाएर विधेयकबारे जनकारी गराउने निर्णय भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले संसद्मा पेस हुने कतिपय विधेयक प्राविधिक विषयका हुने र त्यसबारेमा सांसदहरू अनविज्ञ हुने भएकाले संसदमा बोल्नुअघि विषयका बारेमा जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको बताए ।

त्यस्तै नेपाली कांग्रेसबाट राष्ट्रियसभाका सांसद प्रकाश पन्थले नेपाली कांग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकमा सबै सांसदलाई राखेर छलफल गर्न सुरु गरेको बताए । उनले बैठकमा सम्पत्ति शुद्धीकरण विधेयकका बारेमा पनि छलफल भएको बताए ।

नेपाली कांग्रेसले शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीका संसदहरूलाई बोलाएर संसदमा प्रस्तुत विधेयकबारे अन्तर्क्रियात्मक कार्यक्रम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर