जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले जनताको राष्ट्रपतिको रूपमा आफूले काम गर्ने प्रयास गर्ने बताएका छन्।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रपतिमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वसभामुखसमेत रहेका नेम्वाङले सो कुरा बताएका हुन्।

‘मलाई खुशी लागेको छ। मलाई पार्टीले अगाडि सारेको छ। र, अहिले म जनताको बीचमा छु। त्यसैले सबैको तर्फबाट अघि अध्यक्षज्यूले भनिसक्नु भएको छ। म सबैको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा अगाडि आएको छु,’ नेम्वाङले भने, ‘तेस्रो पटक राष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदैछ। जनताको राष्ट्रपतिको रूपमा काम गर्ने मेरो प्रयास हुनेछ। संविधान जारी गर्दा जुन भूमिका मैले खेलेको छु, संविधानको संरक्षक बन्न पनि मलाई मतदाताहरूले साथ दिनुहुनेछ। म राष्ट्रपतिको रूपमा इमान्दार भूमिका निर्वाह गर्नेछु।’

नेम्वाङको प्रस्तावका पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन् भने योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के समर्थक रहेका छन्।

एमालेले पुुस १० गते भएको सहमतिअनुसार सत्तारूढ दलहरूको तर्फबाट भन्दै सो पदमा उम्मेदवारको रूपमा नेम्वाङलाई उठाउने निर्णय गरेको थियो।

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर