राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजियो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिको १०१औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामलाई परिणाममा पुर्‍याउनुपर्ने बताएका हुन्। उनले शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याएर मुलुकमा सुशासन कायम गर्ने कामलाई एजेण्डाको रूपमा अगाडि बढाउनुपर्ने बताए।

उनले देशमा लोकतन्त्र आइसकेपछि गाउँ-गाउँमा विकास पुगेको भन्दै ती विकासका कामहरू केही पनि होइनन् भनेर नजरअन्दाज गर्न नहुने बताए। उनले देशको संविधान र गणतन्त्रलाई संस्थागत गर्नुपर्ने पनि बताए।

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए। उनले राष्ट्रवादको नारा खेती गर्ने विषय नभएको बताए।

उनले अलोकतान्त्रिक शक्तिहरूले लोकतन्त्रवादीहरूलाई अराष्ट्रवादी भन्दै आएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। देशको स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई उँचो राख्न लोकतन्त्रवादीहरूको योगदान रहेको उनले बताए।

उनले सच्चा प्रजातन्त्रवादीहरू नै राष्ट्रवादी हुने बताए। प्रजातन्त्रवादी नभएको मानिस राष्ट्रवादी भए नभएको विषयमा शंका उत्पन्न हुने उनको भनाइ थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर