कांग्रेस कोर्स करेक्सन गरेर अघि बढ्याे : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।

शनिबार काठमाडौंमा स्व. महेन्द्रनारायण निधिको १०१औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले अहिले आएर कोर्स करेक्सन गरेको बताएका हुन्।

नेता निधिले अबको ८ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *