परराष्ट्रमन्त्री पौड्याल आज जेनेभा जाँदै

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको हो।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताइन्। नेपाल सो परिषद्को सदस्य राष्ट्र हो। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरका रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले बताइन्।

उनले भनिन्, ‘हाम्रो उपस्थिति अत्यन्तै महत्त्वपूर्ण हुनेछ। हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं। हामीले राम्रो तयारी गरेका छौं। विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ। मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देशभित्रै पर्छौैं हामी। त्यो कामलाई हामीले विश्वसामु चिनाउनुपर्ने हुन्छ, देखाउनु पर्छ। त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरुरी छ। र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं। द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ।’

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर