राष्ट्रपति उम्मेदवारविरुद्ध परेन उजुरी

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध उजुरी परेन।

शनिबार राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारीविरुद्ध आइतबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उजुरी गर्ने समय तोकिएको थियो।

तर, उक्त समयमा उम्मेदवारहरुविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

‘राष्ट्रपति निर्वाचन २०७९ को लागि निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार बिहान १० बजेदेखि १४ बजे सम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उजुरी नपरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर