टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

अपाचे ओनर्स ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको बिहीबारबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रिय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, ‘यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ ।’

परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

२१ दिने लामो मार्की राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन्। पहिलो दिन काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

मोटोसोल भारतको बारे बोल्दै टिभिएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, ‘हामी विश्व भरिका लाखौं मोटरसाईकल पारखीहरुलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौं । यो एउटा समुदाय मात्र होइन, लाखैं युवाहरुको प्रेरणाको स्रोतको जसले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाका कुराहरुद्वारा उनीहरु जोड्ने काम गर्छ ।’

उनले थपे, ‘म नेपालको सहभागिता देखेर खुशी छु । यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड हो र हामी मोटरसाइकलका परखीहरुलाई मोटोसोलमा स्वागत गर्न निकै उत्साहित छौं ।’

मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।

काठमाडौंबाट रक्सौल हुँदै यो राइड गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट फेरि रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् ।

यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै
गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ।

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।

जगदम्बा मोटर्स प्रा. लि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको दुई पांग्रे ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर