मैले आलोपालोमा प्रधानमन्त्री पाउने कुरा हल्ला मात्रै हो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन्।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएकाे भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन्।

उनले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताए। उनले संकटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे।

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू भएको टिप्पणी गरे। आफुहरूका बीचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाइ छ।

उनले वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफुहरूले आह्वान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताए।

उनले आफुहरू एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताए। अध्यक्ष नेपालले सबै कुरा मिल्नेहरूसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर