चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक (भिडियाे)

नेपाली चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट १४ सेकेण्डको ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ । ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले चलचित्रले सबै किसिमले मनोरञ्जन दिलाउने बताइन् ।

उनले ले चलचित्रमा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताइन् । उनले फिल्ममा रिक्स लिएर जोडिएको बताइन् ।

चलचित्रमा अभिनेत्री पन्तसँगै कमलमणि नेपाल, अफरन अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र आगामी चैत्र २४ गतेबाट देशभर प्रदर्शन हुनेछ ।

हेर्नुहाेस् ट्रेलर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर