भाइरल हुनेभन्दा देशभक्ति चलचित्रमा अभिनय गर्न पल शाहलाई राजेशपायल राईको सुझाव

गायक राजेशपायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका राईले यस्तो बताएका हुन् ।

गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरूमा अभिनय गरेर अघि बढ्न सुझाव दिए । उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुनेभन्दा पनि चलचित्र र गीत संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए ।

सोमबार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौं आएका हुन् । काठमाडौं आउने क्रममा फ्यान र सिने पत्रकारहरूले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर