प्रहरी भ्यानबाट नहरमा हाम फालेर फरार बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ, सुरक्षामा खटिएका असईसहित ६ जना निलम्बित

प्रहरीले धनुषा जिल्ला अदालतमा दोस्रो पटक अनुसन्धान म्यादलिएर फर्कदैगर्दा सुरक्षाकर्मी बसेको भ्यानबाटै नहरमा हाम फालेर फरार भएका बलात्कार (जवरजस्ती करणी) का आरोपी ७२ घण्टापछि पक्राउ परेका छन् ।

उनी १४ फागुन अपरान्ह फरार भएका थिए ।

धनुषा प्रहरीका अनुसार जिल्लाको शहीदनगर नगरपालिकास्थित यदुकुहा र सशस्त्र क्याम्पको बिचको नहरमा हाम फालेर २८ वर्षका आरोपी राजाबाबु मुखिया फरार भएका थिए ।

उनलाई धनुषा प्रहरीले १७ माघमा मधेश प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा ईनर्वास्थित भारतीय सीमा नजिकबाट  भाग्नेक्रममा पक्राउ गरेको हो ।

प्रहरीले थुनुवा गाडीमा खटिएका एकजना असईसहित चारजना प्रहरी कर्मचारीहरू माथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही थालेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार डीउटीमा खटिएका असई भुलेन्द्रकुमार गिरीसहित दुईजना हवल्दार र तीनजना सहायक  हवल्दारलाई निलम्बन गरेर अनुसन्धान अघि बढाइएकाे  छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर