काठमाडौंमा ३८ जुवाडे पक्राउ

काठमाडौंका तीन छुट्टाछुट्टै स्थानबाट ३८ जुवाडे पक्रउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद र ताससहित मंगलबार दिउँसो पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क बस्ने ३६ वर्षीय जितनारायण श्रेष्ठसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर