राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे।

उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे। उम्मेदवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए।

सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्न नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *