राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रस्टताको आवश्यकता रहेको बताए।

उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रका सामु अनेकन् चुनौतीहरू आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताए।

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरूलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर