पुलिस हेडक्वार्टरमा ‘बैण्ड कन्सर्ट’

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार बैण्ड कन्सर्ट कार्यक्रम गरिएकाे छ । नेपाल प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह कार्यक्रमकाे प्रमुख अतिथि थिए।

सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट संगीत निर्देशक, क्याप्टेन एस्थर हायज एवं सहायक संगीत निर्देशक क्याप्टेन सुनिल गुरुङ समेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले डिफेन्स अट्याच, कलाेनेल, पल स्मिथ, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का संगीत निर्देशक क्याप्टेन एस्थर हायज बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का सहायक संगीत निर्देशक क्याप्टेन सुनिल गुरुङलाई कृतज्ञताको चिनो प्रदान गगरे । सोही अवसरमा डिफेन्स अट्याच, कलाेनेल, पल स्मिथ, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का संगीत निर्देशक क्याप्टेन एस्थर हायजले प्रहरी महानिरीक्षक सिंहलाई समेत कृतज्ञताको चिनो प्रदान गरे ।

वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर