सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन माओवादी संसदीय दललाई प्रचण्डको निर्देशन

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएका छन्। यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको हो।

माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेको थियो। सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष प्रचण्डलाई पत्राचार गरिएको थियो।

पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए। नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाउन कांग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै छ।

माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ। मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर