विदेशी चलखेलले मुलुकमा नयाँ समीकरण बन्यो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको बताएका छन्। २४औं यदु स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले त्यो समीकरण राष्ट्र र जनताको पक्षमा नरहेको पनि बताए। उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरूबीच बलियो सहकार्यको आवश्यकता रहेको पनि बताए।

पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्ने गरी कायरता प्रर्दशन गर्न पुग्नु परेको महासचिव पोखरेलको भनाइ छ।

उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दाबीसमेत गरे। महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उनले त्यसलाई धान्न नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *