माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने तागत छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्। आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदा समेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए। उनले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो भन्दै प्रश्न गरे।

उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए। उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा स्वीकार नरहेको जिकिर गरे। उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहर्‍याउने चेतावनी दिए।

महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्ने कुरा सह्य नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *