२० हजार घुससहित सशस्त्र प्रहरी सहायक हवल्दार पक्राउ

घुससहित सशस्त्र प्रहरीका एक जना सहायक हवल्दार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट सेनलाई घुस रकमसहित आइतबार साँझ पक्राउ गरेको हो।

सुरक्षा बेसक्याम्प विष्णुपुरामा कार्यरत सेनले टयाक्टरमा माटो ओसारपसार गर्नेहरूसँग घुस मागेको सूचना आयोगले पाएको थियो। पक्राउ परेका सेनमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *