औषधी गर्न जान्छु भनेर घरबाट निस्केकी महिला मृत भेटिइन्, हत्या आरोपमा एक जना पक्राउ

बर्दियामा एक जना महिलाको हत्या भएको छ। ठाकुरबाबा नगरपालिका-५ गोविन्दपुर घुम्नेफाँटाकी ४२ वर्षीया सोनचिरिया थारूको हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका-४ मैनावार घर भई सोही नगरपालिका-१ भुरीगाउँ बजार बस्ने ४५ वर्षीय जन्जिरे थारूलाई पक्राउ गरेको छ। उनी भुरीगाउँ बजारमा डेरा गरी बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराका अनुसार फागुन १६ गते दिउँसो सोनचिरिया थारू घरबाट औषधी गर्न जान्छु भनी भुरीगाउँ बजार गएकी थिइन्। सो दिन बेलुकासम्म पनि घर नफर्केपछि आफन्तहरूले उनको खोजी गरे तर फेला पार्न सकेनन्।

त्यसको भोलिपल्ट अर्थात् फागुन १७ गते बिहान ७ बजे भुरिगाउँ बजारस्थित नेपाल टेलिकमको कार्यालय नजिक रहेको दीपक अधिकारीको घर अगाडिको बरण्डामा उनको शव फेला परेको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा जसन्जरे थारू र हत्या गरिएकी सोचिरिया थारूबीच पटकपटक फोन सम्पर्क भएको र फागुन १६ गतेसमेत उनीहरूबीच फोनमा कुराकानी भएको देखिएको थियो। मृतक सोनचिरिया थारूले प्रयोग गर्ने गरेको चप्पल जन्जिरे थारूले डेरा गरी बस्ने घरको पूर्वपट्टि खेतबारीमा लुकाइछिपाइ राखेको अवस्थामा जन्जिरे थारूले बताए बमोजिम फेला परेको थियो। त्यसपछि उनले नै हत्या गरेको भन्दै मृतक सोनचिरिया थारूका श्रीमान् अतवारी थारूले प्रहरीमा किटानी जाहेरी दिएका थिए।

हत्या आरोपी जन्जिरे थारूलाई आइतबार बेलुका ६ बजे पक्राउ गरी बर्दिया जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर