बैंकका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन ७७ वटै जिल्लाका सीडीओलाई गृहको परिपत्र

गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा ‘अलर्ट’ रहन मातहतका निकायलाई परिपत्र गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गरी अराजक गतिविधि हुन थालेपछि गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायलाई चनाखो रहन शुक्रबार परिपत्र गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई लक्षित गरी केही स्थानमा केही व्यक्तिले अवाञ्छित गतिविधि गरेको नोटिसमा आएकाले जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा संयन्त्रलाई अलर्ट रहन निर्देशन गरेका हौं,’ गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, ‘बैंक तथा वित्तीय संस्थासहित सहकारीमा देखिएका अराजक र उच्छृंखल गतिविधि हुन तथा गर्न नदिन र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन भनिएको छ ।’

विवादित व्यवसायी दुर्गा प्रसाईंले बैंकको ॠण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *