राष्ट्रपति निर्वाचन-२०७९

राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्। बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताए। उनले नेताहरूले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताए।

अध्यक्ष नेपालले पार्टीमा नजोडिएका सांसदहरूले पनि आफ्नै मान्यताको आधारमा निर्णय गर्ने बताए। राष्ट्रपतिको निर्वाचनअन्तर्गत मतदान अहिले जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर