उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन अधिकृतलाई दिइएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिंग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट मात्र उम्मेदवार हुनुपर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *