उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्नेमा पक्षमा माओवादी

नेकपा (माओवादी केन्द्र) उपराष्ट्रपतिकाे उम्मेदवार महिला हुनुपर्ने पक्षमा देखिएकाे छ। निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएकै दिन माओवादीले यस्ताे धारणा सार्वजनिक गरेकाे हाे।

माओवादी महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए। उनले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए। उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्ने बताए।

आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *