पर्यटनमन्त्री किरातीको प्रश्न- पशुपति सफा गर्न सकेनौं भने देश कहिले सफा गर्छौं?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन्।

शनिबार सुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्‌घाटन गर्दै मन्त्री किरातीले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए।

उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए। मन्त्री किरातीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए। पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै मन्त्री किरातीले प्रश्न गरे।

उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने सुझाए। उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतक सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए।

अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *