इलाम र सिरहामा फेरिए एसपी

प्रहरी प्रधान कार्यालयले सिरहा र इलाम प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ ।

यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । यस्तै, एसपी वासुदेव खतिवडाको प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ ।

यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *