सिलिकन भ्याली बैंकको निक्षेप सुरक्षित छ : अमेरिका

हालै बन्द भएको अमेरिकाको सिलिकन भ्याली बैंकबाट सोमबारदेखि निक्षेपकर्ताले रकम झिक्न सक्ने अमेरिकी सरकारले जनाएको छ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले बैंकमा राखिएको निक्षेप सुरक्षित रहेको जनाएका हुन् ।

दुवै संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा निक्षेपकर्ताले कुनै क्षति भोग्नु नपर्ने उल्लेख गरिएको छ । वित्तीय संकटमा परेपछि शुक्रबार सिलिकन भ्याली बैंक बन्द गरिएको थियो । यसलाई सन् २००८ को आर्थिक मन्दीपछि अमेरिकाको बैंकिङ क्षेत्रमा ठूलो विफलता मानिएको छ ।

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरेपछि बैंक आफ्नो बन्ड बिक्रीको क्रममा घाटा व्यहोर्न पुगेको थियो । ‘अमेरिकाको बैंकिङ क्षेत्र बलियो आधारमा खडा छ । त्यसैले बैंकमा समस्या देखिए पनि निक्षेप सुरक्षित रहेको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सिलिकनपछि अर्को कमजोर अवस्थामा रहेको न्युयोर्कस्थित सिग्नेचर बैंकमा पनि आइतबारदेखि नियमन थालिएको छ । अमेरिकाको केन्द्रीय बैंकले कमजोर अवस्थाका बैंकका लागि नयाँ योजना पनि सुरु गरेको छ, जसमा ती बेंकहरुले सहजै उधारो लिन सक्नेछन् ।

अमेरिकी प्रधानमन्त्री जो बाइडेनले पनि आफ्ना जनताले आवश्यक परेको बेलामा बैंकबाट रकम पाउने सुनिश्चित गरेका छन् । विशेषगरी प्राविधिक क्षेत्रलाई सिलिकन भ्याली बैंकले ऋण दिँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर