सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ संसदीय दलको उपनेता मनोनित भएका छन्। पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार नेम्वाङलाई दलको उपनेतामा मनोनित गरेका हुन्।

अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ फागुन २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए। उनी नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भए। राष्ट्रपतिमा निर्वाचित पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन्। लगत्तै ओलीले नेम्वाङलाई दलको उपनेता मनोनित गरेका हुन्।

यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर