एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ

नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिएका हुन् ।

उनले राष्ट्रिय सभामा दलको नेताको रूपमा काम गर्ने गरी देवेन्द्र दाहाललाई मनोनित भएको बताए । अध्यक्ष ओलीले राष्ट्रिय सभामा प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरिएको बताए ।

अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं रहेको र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको बता ए।

त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर