बजार अनुगमनमा जाँदा व्यवसायीले अगाडि नै शटर लगाइसकेका हुन्छन् : सुनिता डंगोल

काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधिदिएको गुनासो गरेकी छन्। बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन्।

उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नका लागि आवश्यक कानून बनाउनुपर्ने बताइन्। उनले काठमाडौं महानगरले आफ्नो काम कतव्र्य, अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखी तीव्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन्।

उनले स्थानीय तहलाई कार्यान्वयन गर्न कानून नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरू झेल्नुपरेको बताइन्। उनले स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनका निम्ति संघ, प्रदेश सरकारसँग समन्वय गरिरहेको बताइन्।

डंगोलले तीनै तहमा सहकार्य समन्वय गरेर सहअस्तित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कतव्र्यहरू दोहोरो रहेको बताइन्। उनले दोहोरो काम कतव्र्य हुँदा पनि काम गर्न अफ्ठ्यारो भएको बताइन्। उनले उपभोक्ताहरूको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कतव्र्यलाई नीतिगत रूपमा नै सुधार गर्नुपर्ने आजको आवश्यकता रहेको बताइन्।

उनले बजार अनुगमन व्यक्तिगतभन्दा पनि स्वचालित प्रणालीमा हुनुपर्ने बताइन्। उनले महानगर उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नका लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्न सक्नुपर्ने बताइन्।

त्यस्तै उपप्रमुख डंगोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वास्र्थका कारण विभिन्न समस्या भोगिरहेको बताइन्। उनले व्यक्तिगत स्वास्र्थ राख्नेहरूले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गरिन्।

उनले महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको बताइन्। उनले अनुगमन गर्न जाने समितिमा बस्ने सदस्य बाहेकलाई भन्दा अरूलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने तर अनुगमन गर्ने स्थानका व्यवसायीहरूलाई थाहा हुन्छ कसरी भन्दै प्रश्न गरिन्। उनले अनुगमन टोली पुग्दा व्यवसायीहरूले शटर लगाइसकेको हुने गरेको बताइन्।

उनले अनुगमनमा जाने कुनै पनि अधिकारीले राजनीतिक गर्न नहुने बताइन्। उनले आफ्नो विचार मिल्ने पार्टीको सरकारले गरेको काम ठीक तर त्यही काम अर्को विचारधारको पार्टीले गर्दा बेठीक भन्ने प्रचलन त्याग्नुपर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *