डेढ लाख बढी नगदसहित भैंसेपाटीबाट १४ जुवाडे पक्राउ

ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुँवरसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर