चलचित्र कलाकार संघमा रेजिना उप्रेतीसहितकाे प्यानल घोषणा

नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन्।

उनले प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ।

त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन्। त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, संघमा सदस्यहरुको अिभलेख तथा वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना रहेको बताइन्।

त्यस्तै उनको योजनामा कल्याण्कारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी योजना, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेको बताइन्। आफू निर्वाचित भएपछि संघका कलाकार सदस्यहरुको निर्देशनमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभा तथा महाधिवेशन चैत्र ४ गते हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर