उपराष्ट्रपति निर्वाचन-२०७९

उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालियाे : अष्टलक्ष्मी शाक्य

उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छन्। शुक्रबार उपराष्ट्रपतिको निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

उनले आवश्यकताका कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन्। उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन्।

उनले आफूले उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन्। उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरूप गलत ट्रेन्ड बसाएको आरोप लगाइन्।

उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *