प्रधानमन्त्रीलाई विश्वासको मत दिने १० दलबीच सहमति, संक्रमणकालीन न्यायको विषयमा पनि एकमत

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारूढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रससहित १० दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वकासकाे मत दिने सहमति भएको छ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आइतबार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल बताए। दुवै विधेयकमा १० दल एकमत भएर प्रस्तुत हुने सहमतिसमेत बनेको छ।

उनले भने, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो। भोलि संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *