कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । आइतबार संसद भवनस्थित ल्होत्से हलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा. शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्का लगायत उपस्थित छन् ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतका बारेमा छलफल गर्ने बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएलगत्तै आज नै संसदीय दलको बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर