कांग्रेस संसदीय दलको बैठक सुरु

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। आइतबार संसद भवनस्थित ल्होत्ले हलमा बैठक सुरु भएको हो।

संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरूको बारेमा छलफल गर्ने बताइएको छ।

आज संसदमा संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेस हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर