घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिव, वेदुराम भुसाल उपाध्यक्ष

नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसालाई महासचिव बनाउने निर्णय गरेको हो।

यस्तै बैठकले महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष चुनेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी।

उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय चिवालय सदस्यमा मनोनित गरेको पनि बताए। यससँगै केन्द्रीय सचिवालय १९ सदस्यीय भएको छ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय पनि गरेको छ। सरकारमा सहभागितबारे भने टुंगो लाग्न बाँकी रहेको महासचिव खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर