
शतप्रतिशत सांसदहरूले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पहिला ९९.२५ प्रतिशत सांसदहरूको विश्वासको मत पाएकाले भोलि शतप्रतिशत पुग्ने बताएका हुन्।
उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ।’
प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।
प्रतिक्रिया