प्रचण्डले ओलीलाई भने- मैले तपाईंलाई दुईचोटि प्रधानमन्त्री बनाएँ, तपाईंले मलाई अझै एकचोटि बाँकी छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं गएर नेकपा (एमाले)सँग सहकार्य नगरेको, एमाले आफैंले बोलाएको बताएका छन्। साेमबार आफूले संसदमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले अफूले पुस १० मा पुरानै गठबन्धनमा रहने प्रयास अन्तिम समयमसम्म गरेको तर एमालेले विभिन्न प्रलोभन देखाएर बोलाएको र आफू जानुपर्ने परिस्थिति भएपछि गएको बताए।

आफ्नो लागि शान्ति, संविधान र परिवर्तनको रक्षा मुख्य रहेको तर प्रधानमन्त्री नरहेको उनले बताए। एमालेसँग रहेर त्यो सम्भव नहुने देखेपछि आफू पुरानै गठबन्धनमा फर्किएको उनले बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको र ओलीले आफूलाई एकपटकको ॠण तिरेको पनि टिप्पणी गरे। ओलीले आफूलाई अझै एकपटक प्रधानमन्त्री बनाउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर