बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध उनकै अघि ‘मुर्दावाद’को नारा लागेपछि…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रमस्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए।

प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटरब्याज मिनाहा गर’ भन्दै नारा लगाएका थिए। ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर