जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १६ जना पक्राउ

प्रहरीले भक्तपुुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-९ घर भई भक्तपुर नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरीसहित १६ जना बुधबार साँझ पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रुपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर