साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन्।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए। उनले सरकारको साझा नीति तथा कार्यक्रमा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने उल्लेख गरे।

उनले भने, ‘साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ। छलफल भएर टुंगो लाग्ला। त्यो कागजमा हस्ताक्षर होला। त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए। उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए। त्यस्तै, परराष्ट्र मन्त्रालयमा पनि काबिल व्यक्तिलाई जिम्मेवारी दिन आफ्नो सुझाव रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर