प्रचण्ड, देउवा र माधव नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

सत्तारूढ गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

भेटमा मन्त्रिपरिषद विस्तारलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरूले मंगलबार अपराह्न ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा पुग्ने समझदारीसमेत गरेका छन्। सत्ता गठबन्धनमा १० दल आबद्ध छन्।

गत चैत ६ मा प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका थिए। विश्वासको मत लिएपछि दुई/चार दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने प्रधानमन्त्रीले बताए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

सत्ता गठबन्धनभित्र कसले कुन मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद विस्तार नभएको हो।

नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालय आफैंले हेर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर