उपनिर्वाचनबारे छलफल गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक केही बेरमा बस्दै छ। दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *