नेपाल-भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धमा थप नयाँ आयामहरू विस्तार हुने क्रममा रहेको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित नेपाल-भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले नेपाल-भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरू विस्तार हुने बताए। उनले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताए।

मन्त्री किरातीले नेपाल-भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचीनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने बताए।

मन्त्री किरातीले नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर