आज मन्त्रालय भागबण्डा टुंग्याउँदै सत्ता गठबन्धन

मन्त्रालय भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बस्नेछ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउन आज साझेदार दलहरूबीच बैठक बस्ने निर्णय गरेको थियो।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारलगायत विषयमा छलफल हुनेछ। बैठकबाटै मन्त्रालयको भागबण्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ।

बैठकमा दलहरूबीच मन्त्रालयको भागबण्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्ता गठबन्धन आबद्ध दलहरूबीच भागबण्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *