गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको हो। प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनीहरूबीच महत्त्वपूर्ण छलफल जानकारी दिए।

आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारूढ गठबन्धनको बैठकअघि उनीहरूबीच भेट भएको हो। छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर